यशराज फिल्मसको ब्यानरबाट बलिउड डेब्यु गर्दै आमिर खानका छोरा | Khabarhub Khabarhub

यशराज फिल्मसको ब्यानरबाट बलिउड डेब्यु गर्दै आमिर खानका छोरा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान अब छिट्टै बलिउडमा डेब्यु गर्न लागेका छन् ।

भारतीय मिडियाहरूमा प्रकाशित समाचार अनुसार जुनैद यशराज फिल्मसको ब्यानरमा बन्ने फिल्मबाट बलिउड डेब्यु गर्दैछन् ।

फिल्ममा ‘अर्जुन रेड्डी’ फेम कलाकार शालिनी पाण्डेको पनि भूमिका रहने जनाइएको छ ।

आजतकले सूत्रको हवाला दिँदै जुनैद र शालिनीलाइ फिल्ममा साइन गरिएको बताएको छ । यशराज फिल्मसले शालिनीलाई एकसाथ तीन फिल्ममा अनुबन्ध गरेको छ ।

खबरका अनुसार यो फिल्मको छायांकन सन् २०२१ मा थालिनेछ । फिल्मलाई सिद्धार्थ मल्होत्राले निर्देशन गर्नेछन् । यसअघि मल्होत्राले रानी मुखर्जीको फिल्म ‘हिच्की’ निर्देशन गरेका थिए ।

यद्यपि यशराज फिल्मसले जुनैद र शालिनीलाई फिल्ममा अनुबन्ध गरेको सम्बन्धमा आधिकारिक जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ३ : ३७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७