समूह चरणका सबै खेल जित्दै आर्सनल युरोपा लिगको नकआउटमा | Khabarhub Khabarhub

समूह चरणका सबै खेल जित्दै आर्सनल युरोपा लिगको नकआउटमा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब आर्सनल शतप्रतिशत जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो ।

डुनडल्कको मैदानमा १२औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

१८औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । २२औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २-१ को स्थितिमा ल्याए ।

६७औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । ८०औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि रह्यो ।

खेलको ८५औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो ।

जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : ५२ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार