मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुई जना घाइते | Khabarhub Khabarhub

मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुई जना घाइते


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित खहरे खोलामा ट्रक खस्दा दुई जना घाइते भएका छन् ।

रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति साढे २ बजेतिर खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका- २ का २६ वर्षीय साजन परियार र सहचालक सोही स्थानका २४ वर्षीय सुजन कँडेल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : २४ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५