काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा लागू गर्न सीसीएमसीलाई सुझाव | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा लागू गर्न सीसीएमसीलाई सुझाव


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न सुझाव दिएको छ ।

फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार र छठ पछि काठमाडौं उपत्यकामा  यसअघिको भन्दा कडा निषेधाज्ञा लागू गर्न सुझाव दिएका हुन् ।

उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ ।

फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए ।

तिहार छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए ।

महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : १४ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख