टानका अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप | Khabarhub Khabarhub

टानका अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०मा संस्था नवीकरण गरी लिइएको ५ लाख रुपैयाँभन्दा बढी रकमको चेक संस्थाकै अध्यक्ष खुमबहादुर सुवेदीले गायब पारेका छन् ।

ट्रेकिङ एजेन्सीहरुबाट गत वर्ष लिइएको ५ वटा चेकबापतको रकम एक वर्षदेखि अध्यक्षले हिनामिना गरेको आरोप लागेको हो ।

लेखापरीक्षण र बैंक स्टेटमेन्टका आधारमा रकम अपुग भएपछि उक्त रकमको खोजी हुदाँ अध्यक्ष स्वयंले रकम गुपचुप गरेको खुलेको हो ।

टान कार्यसमितिका पदाधिकारीले चेकबापतको रकम जम्मा गर्न आग्रह गरे पनि जम्मा हुन अध्यक्षले आनाकानी गरेको एक सदस्यले आरोप लगाए । चेक हिनामिना भएको खुलेपछि सोमबार पदाधिकारीको बैठकले चेकवापतको रकम जम्मा गर्न दबाब दिएका थिए ।

पदाधिकारीको दबाबपछि अध्यक्षले ४ वटा चेकबापतको रकम जम्मा गरेको र अझै १ लाख ४२ हजार १ सय रुपैयाँ चेकको रकम जम्मा नभएको एक सदस्यले बताए ।

कोषाध्यक्षको मिलेमतोमा अध्यक्षले ती चेकहरू वर्षौंदेखि गायब पारेको पदाधिकारी सदस्यहरूले आरोप लगाएका छन् । अध्यक्ष सुवेदीले ५ वटा चेकबापतको रकम लिएर ८० वटा ट्रेकिङ कम्पनी नवीकरण गरेका थिए ।

विभिन्न कारणले विवादमा फसेको टान ५ वर्षदेखि नवीकरण हुन सकेको छैन । संस्था अवैधानिक रुपमा संस्था सञ्चालन हुँदै आएको छ ।

टान अध्यक्षको बदमासीले गर्दा १ हजार ८ सयभन्दा बढी ट्रेकिङ कम्पनी सदस्य रहेको टान र समग्र ट्रेकिङ क्षेत्र नै बदनाम हुँदै आएको व्यवसायीहरूले आरोप लगाएका छन् ।

यता अध्यक्ष सुवेदीले भने यी समाचारलाई कपोलकल्पित भएको भन्दै आरोपको खण्डन गरेका छन् ।

‘यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्नेनै छु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा गर्दै वर्तमान अवस्थामा अध्यक्ष पदसम्म आइपुदा मैले सधै संस्थाको हित, पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप सत्य र निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आइरहेको छु ।’

उनले विधिसम्मत तरिकाबाट केही सदस्यहरू मनोनयन गरेको र सदस्य चयनमा असहमति जनाएकाले आफ्नो चरित्रहत्या गर्न आरोप लगाएको बताएका छन् । ‘केही असन्तुस्ट पक्षले मेरो चरीत्र हत्या गर्ने गरी म माथि लगाईएको त्यस्ता आरोप कपोकल्पीत र भ्रामक भएको र कुनै सत्यता नभएको तर्फ सम्बन्धित सन्चार माध्यमहरु समेतको ध्यानाकर्षण गर्न चाहान्छु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ३० बजे

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड