यी ३ राशिले भुलेर पनि लगाउनु हुँदैन सुनका गहना | Khabarhub Khabarhub

यी ३ राशिले भुलेर पनि लगाउनु हुँदैन सुनका गहना


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुमुल्य धातुको रुपमा लिइन्छ सुन र हिरा । यिनको सम्बन्ध विभिन्न ग्रहसँग हुन्छ ।

सौर्यमण्डलमा रहेका ग्रहहरूले व्यक्तिको शरीरमा रहेको धातुअनुसार असर देखाउँछ । त्यसैले धातु शरीरमा लगाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

धर्मशास्त्र अनुसार सुनका गरगहनालाई लापरवाही गरिनु पनि गलत हो भन्ने गरिन्छ ।

सुनको गहनाकै कारण भाग्यमा पनि असर गर्छ भनेर धर्म शास्त्रले उल्लेख गरेको ज्योतिषीहरू बताउँछन् ।

सुन्दर देखिन लगाइने गहनाकै कारण भाग्यमा असर पर्न सक्ने चेतावनी ज्योतिषीहरूको छ ।

ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशिका मानिसहरुले सुन लगाउनु हुँदैन ।

ती तीन राशि हुन् मेष राशि, कन्या राशी र धनु । हाम्रा बाह्र राशिमध्ये यी तीन राशिले भुलेर पनि सुन लगाउनु हुँदैन ।

यी तीन राशि भएका व्यक्तिहरुले हातमा औंठी लगाउँदा पनि बाधा पुग्छ । यी राशि भएका व्यक्तिहरुले जीवनमा दुःख मात्र पाइरहेका छन् भने सुन लगाउनु हुँदैन ।

यी व्यक्तिहरुले हातमा सुन लगाउनै हुँदैन । लगाउनै परे पनि चाडवाड र विशेष बेलामा मात्र लगाउनुहोस् ।नत्र भने सुनका गरगहनाले तपाइको प्रगतिमा बाधा ल्याउँछ ।

ज्योतिषशात्र अनुसार तपाईको जीवनमा बाधा ल्याउने औंठी बेच्दा पनि तपाइको बाधा हटेर जाने ज्योतिष शास्त्रले बताउँछ । सुन लागौनाले मेष, कन्या र धनु राशीको धन सम्पत्ति र उर्जामा नकारात्मक असर पैदा गर्छ ।

यी तीन राशि आफैमा उर्जाशील राशी हो । सुनले उर्जा दिन्छ त्यसैले उर्जा बढी भयो भने त्यसले नकारात्मक उर्जा दिने ज्योतिषशास्त्रीहरु बताउँछन् । त्यसैले तपाइ आफ्नो जीवनलाई सजाउन चाहनुहुन्छ भने सुन लगाउने र सुन राख्ने विधि पनि जान्नुपर्ने हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार मेष कन्या र धनु राशिले बायाँ हातमा सुन लगाउनु उचित होइन । यसो गर्दा दुर्भाग्य निम्त्याउछ भन्ने विस्वास गरिन्छ । साथै सुन हराउनु र भेटाउनु पनि अशुभ मानिन्छ ।

सुन हराउँदा स्वास्थ्यमा समस्या आउँछ र भेटिएको सुन घरमा राख्दा खर्च बढेर जाने बताइन्छ । सुन हराउनु र भेटाउनुले पनि अशुभ बोल्छ ।

यदि तपाई दाम्पत्य जीवन सुखमय बनाउन चाहनुहुन्छ भने घाँटीमा सुनको सिक्री र चोरी औंलामा सुनको औंठी लगाउनुहोस् तर गर्भवती महिला र वृद्धले सकेसम्म सुन नलगाउनुहोस ।

खुट्टामा सुन लगाउनु पनि अशुभ मानिन्छ । फलाम कोइला वा शनिसंग समबन्धित काम गर्ने मान्छेले पनि सुन लगाउनु हुँदैन । यो अशुभ मानिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ५४ बजे

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको आइतबार बसेको

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित