ब्राउन सुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन् ।

बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशीलाई पक्राउ गरेको हो ।

५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ०५ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको