स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोना उपचारमा खर्च गर्न माग | Khabarhub Khabarhub

स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोना उपचारमा खर्च गर्न माग


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोनाको उपचारमा खर्च गर्न माग गरिएको छ ।

सांसदहरुले यो रकम कोरोनाको उपचारमा खर्च गर्ने पहलका लागि सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरु गगन थापा, भिमसेनदास प्रधान, शशी श्रेष्ठलगायले सांसद विकास कोषका रुपमा चिनिने रकम कोरोनाका उपचारमा खर्च गर्ने पहल गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

कोरोनाको रोकथामका लागि सरकारले गरिरहेको काम र बेथितिका विषयमा छानविन गर्न संसदीय समिति गठन गर्न समेत सभामुखसँग उनीहरुले माग गरेका छन् ।

२० जना सांसदहरुले हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षणपत्रमा हरेक निर्वाचन क्षेत्रमा एउटा आइशोलेसन सेन्टर बनाउन माग गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : ४४ बजे

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि