भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश | Khabarhub Khabarhub

भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

भट्टलाई साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । साथै साउन ३२ गते पक्ष र विपक्ष दुवैलाई छलफलमा अदालतमा बोलाइएको छ ।

अधिवक्ता भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बोर्डको कार्यकारी अधिकृत सिफारिस समिति लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

मन्त्रिपरिषदले साउन १९ मा लगानी बोर्डमा भट्टलाई सीईओ नियुक्त गरेको जनाएको थियो । यो निर्णयसँगै एजेन्टलाई सीईओमा नियुक्त गरिएको भन्दै उक्त निर्णयको विरोध भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : २५ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल