कोरोना संक्रमित बढेपछि करातेको अभ्यास रोकियो | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि करातेको अभ्यास रोकियो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोकियो ओलम्पिक २०२१को तयारीमा रहेको राष्ट्रिय कराते टीमको अभ्यास तत्काललाई स्थगित भएको छ ।

मंगलबार करातेका प्रशिक्षक दिपक विष्टले विज्ञप्ति जारी गर्दै तत्काललाई खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिएका हुन् ।

‘संसारभर फैलिरहेको कोभिड १९ पछिल्लो समय काठमाडौँमा झन् भयाभह हुँदै संक्रमितको संख्या बृद्दि हुदै आइरहेको सबैलाई सर्वविधितै छ । केहि दिन अगाडिमात्र खेल क्षेत्रका व्यक्तिलाई पनि संक्रमण भएको खबर आएको हुँदा केहि समय हामी खेल क्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशन पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण आजैदेखि लागू हुने गरी केहि दिनलाई बन्द भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चैत ११गतेदेखि लकडाउन गरेको थियो । तर, लकडाउन खुकुलो भएसँगै असाढ ७ गतेबाट करातेको प्रशिक्षण सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग मौखिक सहमति लिएर करातेको अभ्यास सुरु गरेको प्रशिक्षक श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टोकियो ओलम्पिकका लागि अनु अधिकारी र नविन रसाईली छनोट खेल्ने छन् । उनीहरुको नाम वाल्ड कार्ड इन्ट्रीका लागि समेत सिफारिस गरिएको छ । खेलाडीद्वय १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता खेलाडी हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ३१ बजे

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन