नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सदस्य सुब्बाको निधन | Khabarhub Khabarhub

नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सदस्य सुब्बाको निधन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबल टीमले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न गंगालाल अस्पतालमा लगिएका सुब्बाको मंगलबार बिहान निधन भएको हो ।

सुब्बाले सन् १९६२ मा नेपालले तत्कालिन पाकिस्तान हाल बंगलादेशको आगाखा गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । सेन्टर ब्याकको भूमिका रहेका उनी आफ्नो खेल करियरका राम्रो खेलाडी भएको उनका सहकर्मी बिष्णु बराल बताउँछन् ।

उक्त टोलीमा गोलकिपरका रुपमा बराल पनि पाकिस्तान पुगेका थिए । नरसम्शेर राणाले तयार पारेको टीममा पर्दा सुब्बा मोरङ ११ बाट खेलिरहेका थिए ।

दार्जिङमा जन्मिएका उनी फुटबल खेल्ने क्रममा नेपाल आएका र पछि यतै बसाई सरेको बराल बताउँछन् ।

२०१६ सालमा योङ् गोर्खा एसोसियसको फुटबल टिम मोरङ ११ सँग मैत्रिपूर्ण फुटबल खेल्न विराटनगर आएको थियो । त्यो टिमका महत्वपूर्ण सदस्यका रुपमा सुब्बा थिए ।

‘उक्त टिमसँग हामीले मैत्रिपूर्ण फुटबल खेल्यौं । उहाँ राम्रो सेन्टर फरवार्ड हुनुहुन्थ्यो । राम्रो खेल्नु हुन्थ्यो,’ बरालले भने ।

विराटनगरमा राम्रो खेलेपछि उनलाई विराटनगर चिनी कारखानाले जागिर नै दिएको बराल सम्झन्छन् । चिनी कारखानामा काम गर्दै फुटबल खेलेका उनी पछि मोरङ ११ मा समेत आवद्ध भएका थिए । मोरङ ११ बाट खल्दा खेल्दै सुब्बा विसं २०१९ (१९६२) मा नेपाल ११ का लागि छनोट भएका थिए ।

आगाखाँ गोल्डकपमा नेपालले तीन खेल खेलेको थियो । ‘नेपाल १११ बाट आगाखाँ गोल्डकपमाहामीले तीन खेल खेल्यौं । उहाँ सेन्टर फरवार्ड हुनुहुन्थ्यो । राम्रो स्वभाव, टीममा मिलनसार हुनुहुन्थ्यो,’ तत्कालिन टीमका गोलकिपर रहेका बरालले भने ।

सुब्बा राम्रो फुटबलरसँगै राम्रो प्रशासक पनि भएको बरालले बताए । लामो समय चिनी मिलमा काम गरेर पछि चिनी मिल साल्ट ट्रेनिङसँग आवद्ध भएपछि उनले त्यसमा पनि लामो समय काम गरेर निवृतीभरण पाएका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : १४ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई