सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीद्वारा कार्यदल गठन | Khabarhub Khabarhub

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीद्वारा कार्यदल गठन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित कार्यदल गठन भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले यातायात सञ्चालनका विषयमा छलफल गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुकोतर्फबाट नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष दीपक केसी तथा तथा नेपाल यातायात स्वतन्त्र मजदूर संघका अध्यक्ष भीमज्वाला राई रहेका छन् ।

कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने सावरी साधनहरु सुरक्षितरुपमा सञ्चालनका लागि आवश्यक पहल कदमी गर्ने जनाइएको छ ।

sf

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४८ बजे

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु

इलाम उपनिर्वाचनको मतगणना गणना सुरु

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको