बालाजु वृत्तका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण | Khabarhub Khabarhub

बालाजु वृत्तका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको छ । बालाजु वृत्तमा कार्यरत उनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

शुक्रवार नमूना परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

ती प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोनाको संक्रमण देखिएपछि अन्य प्रहरीको पनि पीसीआर जाँच गरिने तयारी भएको छ ।

टोखामा बस्दै आएका गोरखाका उनी लकडाउनयता काठमाडौं बाहिर गएका थिएनन् । उनमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि परीक्षण गरिएका अन्य २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र