सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ । अस्पतालका अनुसार बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो ।

बाजुराको बुढीगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । बाजुराकै अर्को स्थानीय तह त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पातलका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचिर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सुदूरपश्चिममा बिहीबार थपिएका सहित १ सय ९१ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ५ : ४० बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको