सुदूरपश्चिमका थप तीन स्थानमा पीसीआर राख्ने तयारी | Khabarhub Khabarhub

सुदूरपश्चिमका थप तीन स्थानमा पीसीआर राख्ने तयारी


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् ।

गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए । उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पीसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए।

कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको एक उच्चस्तरीय टोली पुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  २ : ०२ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्