प्रदेशमा ५ मा मात्रै कोरोना संक्रमितको संख्या ५३ पुग्यो | Khabarhub Khabarhub

प्रदेशमा ५ मा मात्रै कोरोना संक्रमितको संख्या ५३ पुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ५ मा मात्र कोरोना भाइरस संक्रमितको संख्या ५३ पुगेको छ । कपिलवस्तुमा आज मात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५३ पुगेको हो ।

आज नै बर्दियामा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का जिल्लामा कोरोनाको संक्रमण घटना बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ ।

नेपालमा हालसम्म १ सय ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा प्रदेश-५ का मात्रै ५३ जना छन् । जिल्लामध्ये हालसम्म रुपन्देहीमा ७, कपिलवस्तुमा २१, बाँकेमा २४ र बर्दियामा १ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमतीमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ३६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम