दीपायलबाट कैलाली सर्‍यो नेपाली सेनाको सुदूरपश्चिम पृतना | Khabarhub Khabarhub

दीपायलबाट कैलाली सर्‍यो नेपाली सेनाको सुदूरपश्चिम पृतना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपायल– नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । विसं २०६० सालमा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा सेनाको पृतना स्थापना भएको थियो ।

स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना सोमबार दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।

देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि सेनाको पृतना पनि कैलाली सारिएको हो । पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २३ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु