लकडाउनका बेला एम्बुलेन्समा यात्रु बोक्ने २ जना पक्राउ | Khabarhub Khabarhub

लकडाउनका बेला एम्बुलेन्समा यात्रु बोक्ने २ जना पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका क्रममा एम्बुलेन्समा यात्रु बोक्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका-२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका-३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् ।

कोरोना भाइरस ( कोभिड-१९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएकोमा उक्त कार्यालयको आदेशले राजन पटेल ७ हजार रुपैयाँ र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखि तारेखमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : ०१ बजे

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का