सरकारी कम्पनीले पाएन चामल, १ लाख क्विन्टल किन्न तेस्रो पटक बोलपत्र आह्वान | Khabarhub Khabarhub

सरकारी कम्पनीले पाएन चामल, १ लाख क्विन्टल किन्न तेस्रो पटक बोलपत्र आह्वान


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा १ लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन ।

पछिल्लो बोलपत्र आह्वान गरेको १९ दिन हुँदा पनि खरीद प्रक्रिया शुरु हुन सकेको छैन । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो ।

उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः यही वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान गर्‍यो । उक्त अवधिमा दुई जनाको आवेदन परे पनि अन्तिम दिन सम्पर्कमा नआउँदा चामल खरीद अन्योलमा परेको कम्पनीले जनाएको छ ।

दोस्रो पटकको बोलपत्रमा समेत चामल खरीदको प्रक्रिया शुरु हुन नसकेपछि कम्पनीले बजारको अवस्थालाई अध्ययन गरेर पुनः बोलपत्र आह्वानको तयारी गरेको छ । तेस्रो पटक बोलपत्र आह्वानको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार लकडाउनका कारण बजारमा खाद्यान्न मूल्य वृद्धि भएको र पुरानो दरमा कुनै पनि संस्था तथा व्यक्तिले आवेदन दर्ता नगराएपछि बजारको अवस्था अध्ययन गरेर पुनः बोलपत्र आह्वान गरिने तयारी भएको हो ।

सम्भवतः एक दुई दिनमा नै मूल्यसम्बन्धी अध्ययन सकेर बोलपत्र आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले सात कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज, धनगढी तथा शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरेको हो ।

काठमाडौंसहित १४ जिल्लामा कम्पनीसँग चामल र धान (चामल बन्ने अनुमान) दुवै गरी हाल अठार हजार १३८ मेट्रिक टन चामल मौज्दात छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ०४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष