कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सामग्री पठाइयो | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सामग्री पठाइयो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै जाँदा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आपूर्ति विभागले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले ५ इन्फ्रारेड थर्मल गन, १० थान पिपिई र सात सय थान सर्जिकल मास्क आएको जानकारी दिए ।

कोरोना परीक्षणका यी सामग्रीसँगै परिवार नियोजनसम्बन्धी, बालभिटा र आरयुटिएफलगायत स्वास्थ्य सामग्रीसमेत जिल्लामा आएको उनले बताए ।

प्रदेश सरकारले पठाएका पाँच थर्मल गनमध्ये दुई जिल्ला अस्पताल रुकुम (पूर्व) लाई उपलब्ध गराउने र बाँकी ती स्वास्थ्य कार्यालयमै राखिने शर्माले बताए ।

प्रदेश सरकारले अबको दुई दिनमै आरडिटीका लागि किट पठाउने तयारी गरिरहेको प्रदेशसभा सदस्य ओलीले बताए ।

प्रदेश सरकारसँग नै किट अभाव भइरहेका बेलामा रुकुम (पूर्व)का लागि ८० थप किट पठाउन लागिएको बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ४५ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल