प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्यो श्रीएयरको जहाज | Khabarhub Khabarhub

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्यो श्रीएयरको जहाज


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडान भरेको छ ।

९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो।

विष्टको शव लिन श्री एयरलाइन्सको ‘नाइन एन ए एमबी’ कलसाइनको जहाज सुडानको लागि उडेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने छ। विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताए।

सैनिक मुख्यालय जंगी अड्डाको सिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट ललितपुर सानेपाका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १२ : ०१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको