सशस्त्रमा रिक्त २ डिआईजीका लागि ६ एसएसपीको आवेदन | Khabarhub Khabarhub

सशस्त्रमा रिक्त २ डिआईजीका लागि ६ एसएसपीको आवेदन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनको लागी चाहिने आवश्यक प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सदस्य सचिव समेत रहेका एआईजी रामशरण पौडेलले मंगलबार ६ जनाको विवरण गृहमन्त्रालयले गठन गरेको सचिवालयमा बुझाएका छन् ।

बढुवाका लागि अघिल्लो ब्याचबाट एसएसपी हरिशचन्द्र अधिकारी र पछिल्लो ब्यांचमा एक नम्बरमा रहेका अभिकुमार खत्रीले फारम भरेका छन् ।

बढुवामा योग्य भएपनि तीन नम्वरमा रहेका एसएसपीहरु गणेश ठाडा मगर, दुर्गा भट्टराई र कमल गिरीले भने फारम बुझाएका छैनन् ।

डिआईजी बढुवाको लागी फारम भर्नेमा एसएसपीहरु शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वांङ्ग रहेका छन् । तिमध्ये खत्री र सुवेदी २०७३ चैत्र १५ मा एसएसपीमा बढुवा भएका हुन् भने शाक्य र अधिकारी उनीहरुभन्दा चार महिना पछि एसएसपीमा बढुवा भएका हुन् ।

गृहमन्त्रालय स्रोतकाअनुसार डिआईजी बढुवाको लागी बिहीबारबाट प्रक्रिया शुरु हुनेछ । रिक्त दुई जना डिआईजी पदमा ६ जना दावेदार भएपनि मन्त्रालयले वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा प्रक्रिया अघि बढाउनेछ ।

तत्कालिन गृहसचिव प्रेमकुमार राईको पालामा समेत सशस्त्रमा डिआईजी बढुवा हुंदा वरियतालाई आधार बनाइएको थियो ।
वरियताको आधारमा सशस्त्रमा तत्कालिन एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, बंशिराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेतको डिआईजीमा बढुवा भएको थियो ।

वरियतामा अघि भएपनि सिनियर व्यवस्थापन तालिम नभएपछि एसएपी अधिकारी बढुवा हुनबाट बञ्चित भएका थिए ।

सशस्त्र प्रहरीमा रिक्त दुई डिआईजीमा एक जनाको मात्र बढुवा गर्ने लविङ्ग भएपनि गृह नेतृत्वले भने त्यसमा असन्तुष्टि जनाएको र दुई वटै रिक्त डिआईजी पदमा बढुवा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ५१ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन