नेपाली सेनाका अर्का अधिकृतले पाए राष्ट्र संघमा उच्च तहको जिम्मेवारी | Khabarhub Khabarhub

नेपाली सेनाका अर्का अधिकृतले पाए राष्ट्र संघमा उच्च तहको जिम्मेवारी


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् ।

नेपाली सेनाका सहायक रथी दिपक कुमार बानियालाई संयुक्त राष्ट्रसंघको दक्षिण सुडान मिसन (युएनएमआईएसएस)मा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो ।

राष्ट्रसंघको दक्षिण सुडान मिसनमा फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि सेकटर कमाण्डर तेस्रो उच्च तहको पद हो ।

हाल उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी बलबाट गरी करिक २ हजार सुरक्षाकर्मी शान्ति सैनिकको रुपमा परिचालित छन् ।

उक्त मिसनको फोर्स कमाण्डरको रुपमा भारतीय सेनाका रथी (लेफ्टीनेन्ट जर्नेल) शैलेश तिनैकर छन् ।

यसअघि नेपाली सेनाका तर्फबाट सहायक रथी नैनराज दाहालले पनि उक्त मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी सम्हालि सकेका छन् ।

संयुक्त राष्ट्रसंघको दक्षिण सुडान मिसनमा नर्थ, इस्ट, वेस्ट, साउथ र जुवा गरी ५ वटा सेक्टरहरु छन् ।

नेपाली सेनाका उपरथी ईश्वर हमालले केही दिन अगाडि मात्रै संयुक्त राष्ट्र संघको अनफड मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाएका थिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वा शान्ति स्थापनार्थ सेना परिचालन गर्ने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा छ ।

हाल नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट गरी ५ हजार ६ सय ५८ सुरक्षाकर्मी शान्ति सेनाको रुपमा परिचालित छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर