कोरोनाको महामारीग्रस्त वुहानमा १४ हजार बढी शव जलाइएको आशंका | Khabarhub Khabarhub

कोरोनाको महामारीग्रस्त वुहानमा १४ हजार बढी शव जलाइएको आशंका


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वुहान- चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ ।

चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो ।

वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ ।

ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।

समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा खतराको स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ ।

वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड खतरनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्यासको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।

१४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् ।

चिनियाँ परम्पराअनुसार मृतकको शवलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृतकको शवलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ५३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव