के छ बागी ३ मा कथा ? | Khabarhub Khabarhub

के छ बागी ३ मा कथा ?


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बागी सिरिज कति सफल छ भने ५ वर्षमा यसको तेस्रो सिक्वेल आइसकेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ बक्स अफिसमा हिट भयो । त्यसपछि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बागी २’ पनि ब्लकबस्टर भयो ।

यो फिल्मको घोषणाअघि नै तेस्रो सिरिज बनाउने निर्माण टिमले घोषणा गरेको थियो ।

अहमद खानले निर्देशन गरेको यो फिल्म ६ मार्चदेखि प्रदर्शनमा आउँदैछ । नेपालमा पनि फिल्म रिलिज हुने पक्काजस्तै छ । फिल्ममा टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखंडे, जयदीप अहलावत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्ममा रोनी (टाइगर श्राफ) र विक्रम (रितेश देशमुख) दाजुभाइ हुन्छन् । यी दुईको भाइचाराको सम्बन्ध फिल्ममा देख्न सकिन्छ । विक्रमलाई चोट पुगेको रोनीले सहन सक्दैन ।

बच्चैदेखि नै विक्रम समस्यामा पर्दा रोनी बचाउन आइपुग्छ । यस्तै कथा वरिपरि बागी ३ को कथा छ ।

‘बागी ३’ मा विक्रम केही कामका लागि सिरिया जानुपर्ने अवस्था आउँछ । त्यसबेला भाइसँग रोनीले कुरा गरिरहेको हुन्छ । सिरियामा विक्रम अपहरणमा पर्छ । अपहरणमा परेका भाइलाई बचाउन रोनी सिरिया पुग्छ ।

फिल्ममा दाजुभाइको कथा समेटिएको छ । दमदार एक्सनका कारण यो फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ । फिल्मको नेपालमा पनि चर्चा छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : १५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र