चीनका चार सैनिकमाथि अमेरिकाले लगायो साइबर आक्रमणको अभियोग | Khabarhub Khabarhub

चीनका चार सैनिकमाथि अमेरिकाले लगायो साइबर आक्रमणको अभियोग


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि साइबर आक्रमणमा संलग्न भएको आरोपमा अभियोग दर्ता गरेको छ ।

क्रेडिट रेटिङ जाइन्ट एक्वीफ्याक्समा भएको ठूलो साइबर आक्रमणमा संलग्न भएको आरोप ती चिनियाँ सैनिक अधिकारीमाथि छ ।

सन् २०१७ मा भएको सो साइबर आक्रमणका कारण १४७ मिलियन भन्दा बढी अमेरिकी प्रभावित भएका थिए ।

ह्याकरले उनीहरुको नाम, ठेगानासहितका व्यक्तिगत जानकारी चोरी गरेका थिए । बेलायत र क्यानडाका केही मानिस पनि प्रभावित भएका थिए ।

चीनका सैनिक अधिकारीमाथि अभियोग दर्ता गरेको घोषणा गर्दै अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको सो साइबर आक्रमण ‘इतिहासकै सबैभन्दा ठूलो आक्रमण’ रहेको उल्लेख गरे ।

अदालतमा दर्ता गरिएका कागजात अनुसार आरोपित चारैजना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ आर्मी मातहतकै संस्था हो ।

चिनियाँ सैनिक अधिकारीले हप्तौँसम्म कम्पनीको प्रणालीमा निगरानी गरेर त्यसको सुरक्षा प्रणाली तोडी व्यक्तिगत जानकारी चोरी गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३२ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ