जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैनः प्लेटो | Khabarhub Khabarhub

जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैनः प्लेटो


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् ।

सफल जीवन जीउनका लागि प्लेटोका वाणीहरु यस्ता छन्-

१. मानिस सफल हुन इच्छा, भावना र ज्ञान आवश्यक हुन्छ । यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

२. काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

३. पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।

४. स्वास्थ्य जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।

५. अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।

६ जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।

७. स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

८. क्षिाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्छ ।

९. जीवनलाई खेल जसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी । यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

१०. विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।

११. महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।

१२. एक राम्रो निर्णय ज्ञानमा आधारित छ र संख्यामा छैन।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ५८ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज