कफी भुट्ने मेसिन बनाउँदै आविष्कार केन्द्र | Khabarhub Khabarhub

कफी भुट्ने मेसिन बनाउँदै आविष्कार केन्द्र


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले कफी भुट्ने मेसिन निर्माण गर्ने भएको छ । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कफीको भुट्ने मेसिन निर्माणको क्रममा रहेको जानकारी दिएका हुन् ।

कफी व्यवसायीहरुका लागि निकै उपयोगी हुने यो मेसिन ताप्लेजुङका राजेश लिम्बुको नेतृत्वमा आविष्कार केन्द्रले बनाउन लागेको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

लिम्बुले १४ वर्ष टर्कीमा बस्दा इटालियन डिजाइनको यस्तो कफी भुट्ने मसिन बनाउन सिकेको समेत पुनले बताएका छन् ।

लिम्बुले यसअघि पनि ६वटा मेसिनहरु बनाएको जानकारी दिएका छन् ।  हाल उनी आविष्कार केन्द्रका अन्य ईन्जिनियरसँग मिलेर मेसिन बनाइरहेका छन् ।

अध्यक्ष पुनले तस्वीरमा देखाइएको मेसिनको मूल्य ७ लाख पर्ने बताएका छन् । यो मेसिनले एकपटकमा १० केजीसम्म कफीको गेडा भुट्ने क्षमता रहेको जनाएका छन् ।

तर, अब एक पटकमा २५ केजीसम्म कफीको गेडा भुट्न सक्ने क्षमताको मेसिन बनाउन लागिएको र त्यसको मूल्य अनुमानित करिब १४ लाख रुपैयासम्म पर्ने उनले जनाएका छन् ।

इटाली र टर्कीमा बनेका यस्ता मसिनको तुलनामा नेपालमा बनेको मसिनको मुल्य निकै सस्तो हुने उनले दाबी गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रमा तल फोटोमा देखाइए जस्तै कफीको गेडा भुट्ने मशीन (Coffee Roaster) बन्दैछ | खरिद गर्न ईच्छुक…

Posted by Mahabir Pun on Thursday, 10 December 2020

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ४४ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा