सेनाका रत्नजितलाई पराजित गर्दै प्रिन्स फाइनलमा | Khabarhub Khabarhub

सेनाका रत्नजितलाई पराजित गर्दै प्रिन्स फाइनलमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिन्स दाहाल सेनाका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको फाइलनमा प्रवेश गरेका छन् ।

बिहिबार भएको सेमिफाइनलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब उपाधीका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाइनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन् ।

यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए ।

आजै भएको क्वाटरफाईनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए ।

यस्तै अर्को खेलमा नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए ।

राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल  शुक्रबार हुनेछ ।

विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : १० बजे

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने