२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालहामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार २१७ संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २ र सुनसरीमा ६६ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३ र सिरहामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय २८, काभ्रेमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा २ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासी पूर्वमा १, लमजुङमा १९, बागलुङमा ११ र स्याङजामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नलवपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५ र रुपन्देहीमा ५६ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको डोल्पामा १, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ जनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ४ : ४६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको