अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो गत शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार, सोमबार र आज मंगलबार पनि १ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५६४ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ४ लाख २१ हजार ८३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ५२ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३६ लाख २४ हजार ९२६ जनामध्ये १८ हजार ९५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ४४८ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ०५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर