आइतबार आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा | Khabarhub Khabarhub

आइतबार आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ ।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ ।

आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ ।

यस्तो छ चिकित्सक संघले जारी गरेको विज्ञप्ति


यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो ।

‘वार्ता र सवादलाई तार्किक निष्कर्षमा पु-याई डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति यस संघ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीबार वार्ता सकारात्मक रुपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ’, संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : १७ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी