कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयूमा | Khabarhub Khabarhub

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयूमा


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ ।

चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ ।

पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो। १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ५१ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई