बार एशोशियशनले भन्यो – प्रधानन्यायाधीशको न्याय सम्पादन सन्तोषजनक हुन सकेन | Khabarhub Khabarhub

बार एशोशियशनले भन्यो – प्रधानन्यायाधीशको न्याय सम्पादन सन्तोषजनक हुन सकेन


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोशियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको न्याय सम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ ।

एशोशियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराको भूमिका सन्तोषजनक नरहेको बताए ।

‘न्यायपालिकाभित्र न्याय सम्पादन सन्तोषजनक छैन, अहिलेका वर्तमान प्रधानन्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा दिएका अन्तर्वार्तामा न्यायपालिका भित्रको विसंगति र विकृति हटाउनका लागि न्यायिक नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरु हामीले पाएका थियौं,’ उनले भने, ‘तर अहिले व्यवहारमा हेर्दा सुधारका झिना मसिना कुराहरु भए तर जनताले चाहेको खास कुरा अझ पनि समाधान हुन सकेको छैन ।’

साथै नेपाल बार एशोशियशनले प्रधानन्याधीशलाई १७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

बारले बुझाएको ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रका विसङ्गति, विकृति, बिचौलिया र भष्ट्राचार नियन्त्रण गर्न बारेका प्रतिनिधि समेत रहने गरी विशेष संयन्त्र गठन गर्न समेत उल्लेख छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : १८ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक