सत्यतथ्य खुलाई पठाउन बक्सिङ संघलाई राखेपको पत्र | Khabarhub Khabarhub

सत्यतथ्य खुलाई पठाउन बक्सिङ संघलाई राखेपको पत्र


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई पत्र काटेको छ ।

सोमबार राखेपले बक्सिङ संघलाई पत्र काट्दै संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी पाऊँ भन्दै दिएको निवेदन दिएपछि पत्र काटेको हो ।

राखेपले निवेदन अनुसार के कस्तो हो सत्य, तथ्य विवरण खुलाई पठाउन भनेको छ । राखेपको खेलकुद संघ संस्था शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले जारी गरेको पत्रमा राखेपको सचिवालय, प्रशासन विभाग, खेलकुद विकास विभाग, आर्थिक प्रशासन शाखालाई बोधार्थमा उल्लेख गरेको छ ।

महासचिव भट्टचार्यले अध्यक्ष राम अवालेले विधानविपरीत गइ संघलाई सञ्चालन गरेको, विधानमै नभएको सह–कोषाध्यक्षको पद सिर्जना गरेको र चार वर्षसम्म मनलाग्दी गरेर संघलाई सञ्चालन गरेको भन्दै राखेपमा उजुरी दर्ता गराएका थिए ।

यसबीचमा बक्सिङ संघका महासचिव भट्टचार्य र अध्यक्ष राम अवालेबीच विज्ञप्ती जारी गर्ने शृङ्खला नै चलेको छ । केही दिन अगाडि महासचिवले जारी गरेको विज्ञप्तीमा संघका सदस्य तथा प्रशिक्षक दिपक महर्जनले कार्य समिति बैठकमा आफुले असहमती राख्दा दुर्व्यवहार गरेको बताएका थिए ।

त्यस लगत्तै अवाले द्वारा जारी विज्ञप्तिमा महासचिव प्रति कुनै दुर्व्यवहार नभएको तर, उनी संघको मानमर्दनमा उत्रिएको आशयमा विज्ञप्ती जारी गरेका थिए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : १५ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई