भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरू | Khabarhub Khabarhub

भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरू


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता कार्य शुरु गरेको छ ।

जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले जानकारी दिए ।

सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा दुईवटा बुथबाट विवरण दर्ता शुरु भएको छ । एकवटा बुथबाट यही साउन ४ गतेबाट शुरू भएको र अर्को बुथ आइतबारबाट शुरु भएको हो ।

दुईवटा बुथमा दुई वटा कम्प्युटरलगायतका आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले जानकारी दिए । नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् ।

पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई यसबारेमा अभिमुखीकरण दिएको जानकारी दिँदै उनले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन शुरु गरिने जानकारी दिए ।

तत्काल भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु गरे पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ ।

प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायतका प्रविधि जडानका लागि एकसाता समय लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : १५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको