बेलारूसको चुनावमा एलेक्जेन्डर लुकाशेन्का नै निर्वाचित हुने देखिएपछि प्रदर्शन र झडप | Khabarhub Khabarhub

बेलारूसको चुनावमा एलेक्जेन्डर लुकाशेन्का नै निर्वाचित हुने देखिएपछि प्रदर्शन र झडप


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारूसको भएको निर्वाचनमा फेरि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्का निर्वाचित हुने देखाएपछि राजधानी मिन्स्कसहित विभिन्न शहरमा प्रदर्शन भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएका छन्। मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गर्दा कयौँ प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ ।

सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएपछि त्यसको विरोधमा ब्यापक प्रदर्शन शुरू भएको बताइएको छ।

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको विवरणलाई आफूले पत्याउन नसक्ने बताएकी छन्।

विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठान्दै वैकल्पिक गणना पनि जारी राखेको बताएका छन्। ३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्‌को आफ्ना सट्टा चुनावमा उठेकी थिइन् । उनको पक्षमा चुनावी र्‍यालीमा हजारौँ मानिसहरूले साथ दिएकाले उनी विजयी हुने कतिपयले आकलन गरेका थिए ।

सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले भने प्रदर्शन र झडपका बाबजुद परिस्थिती सरकारको नियन्त्रणबाहिर नजाने बताएका छन् ।

सन् २०१५ को चुनावमा लुकाशेन्काले ८३.५ प्रतिशत मतले आफू विजयी भएको घोषणा गरेका थिए।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : ०७ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश