सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तसँग छैनन् परिवारका सदस्य | Khabarhub Khabarhub

सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तसँग छैनन् परिवारका सदस्य


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परे पनि उनको परिवार भने सँगै नभएको खुलेको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै शनिबारदेखि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भए पनि उनको परिवार भने दुबईमा छ ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका साथी फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।

सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरू भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेको अरोडाले बताएका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ११ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा