पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छ : प्रधानमन्त्री ओली


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्।

“पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको आपसी छलफलबाटै सुल्झाउने पनि बताए ।

प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै देशभर भइरहेको बाढी पहिरोको प्रकोपमा उद्धार र कोभिड–१९ महामारी नियन्त्रणमा भइरहेको प्रसायबारे पनि जानकारी गराएका छन्।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : २३ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी