प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

युवाहरुले पार्टीभित्रै प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि दिनहुँजसो लगातार प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गर्दै आएका छन् ।

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको प्रवाह नगरी प्रदर्शन गरिएको हो ।

पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयबीच वार्ता हुँदै आएपनि निकास निस्किन सकेको छैन । नेकपाका दोस्रो तहका नेताहरुले भने धर्ना तथा प्रदर्शनलाई रोक्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : २८ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार