सेनाको हेलिकोप्टरबाट टिप्पर दुर्घटनाका घाइतेको उद्धार | Khabarhub Khabarhub

सेनाको हेलिकोप्टरबाट टिप्पर दुर्घटनाका घाइतेको उद्धार


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टरमार्फत कालीकोटमा भएको टिप्पर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन् ।

मुख्यमन्त्री शाही आज आफै नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट गएका हुन् । आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रेस सल्लाहकार बुढाथोकीले बताए । आठ जना घाइतेमा बाँकी छ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको उनले बताए ।

उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन् । टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतबाट घर फर्केका ३९ नागरिकहरु सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : २९ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार