महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन नेपालमै बनाउँदै | Khabarhub Khabarhub

महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन नेपालमै बनाउँदै


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन समेत बनाउने भएको छ ।

आविष्कार केन्द्रले स्वाब संकलन गर्ने मेसिन बनाउन आवश्यक पर्ने सामग्री जापानबाट आयात गरी नेपालमै बनाउन लागेको हो ।

आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापानबाट नेपाल आइसकेको र केही दिनमै तयार हुने ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको हो ।

‘राष्ट्रिय आविष्कार केन्द्रमा जापानबाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउन रु. १४ लाख पर्ने 3D प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्समार्फत केही दिनअघि काठमाडौं आइपुग्यो । यसको लागि एनआरएनए जापान, एमआरआर जापान र अन्य नेपालीहरु ले रु. २१ लाख आर्थिक सहयोग गरेका थिए ।,’ उनले ट्वीटरमा लेखेका छन् ।

उनले  कोरोना रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री समेत सहयोग भएको जानकारी दिएका छन् ।

यसअघि उनले कोरोना रोकथामका लागि माक्स, पीपीई  उत्पादन गरी स्वास्थ्यकर्मी लगायतलाई उपलब्ध गराएका थिए ।

 

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : १७ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका