जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिकाका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीहरूलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामी लगायतले फूलमाला लगाएर विदाई गरेका थिए।

घर फर्किएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका डा.धिरज गुरुङले बताए।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : २२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई