जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज « Khabarhub

जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिकाका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीहरूलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामी लगायतले फूलमाला लगाएर विदाई गरेका थिए।

घर फर्किएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका डा.धिरज गुरुङले बताए।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : २२ बजे

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले

३५ हजार गणना हुँदा बालेनको मत १३ हजार ७ सय : ६ हजार बढीको अग्रता

काठमाडौं– स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता

आज २०७९ साल जेठ ४ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०७९ साल जेठ ४ गते बुधबार। ज्योतिष

पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत

पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा

काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता