भारत सीमासँग काँडेतार लगाउन माग | Khabarhub Khabarhub

भारत सीमासँग काँडेतार लगाउन माग


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा सङ्गठनले नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै नेपालको सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने र सिमानामा काँडेतार लगाई घेराबार गर्न माग गरेको हो ।

मन्त्री ज्ञवालीलाई सङ्घका संयोजक रामप्रसाद सापकोटा र अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै भारतसँग सीमासम्बन्धी दीर्घकालीन समस्या समाधान गर्नका लागि उच्च तहबाट निर्णायक पहल गर्नसमेत सरकारलाई अनुरोध गरेको छ ।

ज्ञापनपत्रमा गत मङ्सिरमा भारतले नेपाली भूमि अतिक्रमण गरी सार्वजनिक गरेको राजनीतिक नक्साको खारेजी र गत वैशाख २६ गते भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालन रोक्नका लागि तत्काल कूटनीतिक कदल चाल्नसमेत सरकारलाई आग्रह गरेको छ ।

उनीहरुले भारत पक्षले तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्फ जान हाम्रो देशको व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको भूभाग मिचेर २२ किलोमिटर लामो बाटो निर्माण गरी शिलान्यास भएको खबरले आक्रोशित बनाएको भन्दै तत्काल कूटनीतिक पहलकदमीबाट यी कदम रोक्न रोकाउन र सम्र्पूण नेपालका मिचिएका भूमिफिर्ता गर्न गराउनसमेत विशेष पहल गर्न माग गरेका छन् ।

विश्व मानवजगत् कोरोना भाइसरद्वारा आक्रान्त भएको समय छोपेर इतिहासका तथ्य तथा प्रमाणलाई समेत कुल्चदै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारतले देखाएको विस्तारवादी रवैया सुगौली सन्धिको समेत विरुद्धमा रहेको उल्लेख गरिएको छ ।

सन्धिअनुसार महाकाली नदीको पूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालीको भूभाग हो भन्ने स्पष्ट गरेको उल्लेख गर्दै नावी र गुञ्जी नेपालकै टोलीले जनगणना गरेका तथ्यले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभागमा रहेको स्पष्ट हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ४० बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह