डा बास्तोलाको सुझाव– कोरोनाबाट बच्न कार्यक्षेत्रमा कसरी काम गर्ने ? | Khabarhub Khabarhub

डा बास्तोलाको सुझाव– कोरोनाबाट बच्न कार्यक्षेत्रमा कसरी काम गर्ने ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ४८ दिनपछि लकडाउनलाई केही खुकुलो बनाएको छ ।

सरकारी कार्यालय, उद्योग तथा बैंकिङ क्षेत्र आज (आइतबार)देखि खुला गरिएको छ । यी कार्यालयहरूमा जाने कर्मचारीहरूका लागि आवतजावतमा पनि सहज बनाइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम क्षेत्रलाई बर्गिकरण गर्दै सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई खुकुलो बनाएको हो । जसका कारण लकडाउनकै बीच पनि आइतबारदेखि सडकमा सवारीको चाप बढेको छ भने बजार तथा पसलहरूमा पनि मानिसहरूको चहलपहल देखिन शुरू भएको छ ।
लकडाउन खुकुलो हुँदैमा कोरोनाको जोखिम कम भएको हो त ?

कोरोनाका बिरामीको उपचारमा खटिएका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला यस्तो भन्छन् :

नेपाल सरकारले कोभिड १९ को संक्रमणलाई न्युनिकरण गर्न अपनाउँदै आएको लकडाउनको रणनीतीलाई अहिले विभिन्न जोखिम क्षेत्रहरूलाई बर्गिकरण गरेर जोखिम कम भएको क्षेत्रहरूमा लकडाउन खुकुलो बनाएको छ । सरकारी कर्मचारी, बैंकिङ क्षेत्रका कर्मचारी, विभिन्न किसिमका उपभोग्य सामाग्री ल्याउने व्यक्तिहरू र निर्माण कार्यमा खटिनेहरूलाई कार्यक्षेत्रमा जान दिइएको छ ।

लकडाउन खुकुलो बनाए पनि घरबाहिर काममा निस्किँदा चाडपर्व वा बिदा सकेर कार्यालय गए जसरी जानु हुँदैन । बिदा सकेर र लकडाउन पछि कार्यक्षेत्रमा जाने कुरा फरक छ । तर, पनि कार्यक्षेत्रमा जाने व्यक्तिहरूको आइतबार बिहानै देखि भिडभाड भएको देखिएको छ ।

लकडाउन खुकुलो भयो भन्दैमा समस्या समाधान भइसकेको होइन । समुदायमा कोरोनाको जोखिम कम भएको अवस्था पनि होइन । हामी सुरक्षित छौं भनेर जे गरेपनि हुन्छ भनेर सोच्नु हुँदैन ।

हाम्रा आगामी दिनहरू पनि जोखिमपूर्ण नै छन् । त्यसैले पछिल्लो ४८ दिन लकडाउनमा बस्दा कोरोनाबाट बच्न जे गरिएको थियो, अहिले पनि त्यस्तै सावधानी अपनाउन जरूरी छ ।

कोरोनाबाट बच्ने उपायहरू जस्तै नियमित साबुन पानीले हात धुने, साबुन पानी उपलब्ध नहुँदा स्यानिटाइजर प्रयोग गर्ने कुरालाई अब आफ्नो कार्यस्थलमा पनि लागू गर्न जरूरी छ । भिडभाडमा जाँदा मास्कको सही प्रयोग गर्न जरूरी छ । कार्यस्थलमा एक मिटरको सामुदायिक दुरी कायम राख्नुपर्छ ।

कुनै कार्यालय तथा संस्थामा रूघाखोकीका बिरामी छन् भने त्यस्ता बिरामीले तुरून्त चिकित्सकको सल्लाह लिन जानुपर्छ । लकडाउन खुकुलो भएपछि कार्यक्षेत्रमा जानुभएका व्यक्तिहरूले कार्यलयमा गएर फर्किदा व्यक्तिगत सरसफाइ गर्नुपर्छ, घरमा रहेका वृद्धवृद्धाहरूलाई कार्यक्षेत्रबाट आएर पनि शारीरिक दुरी कायमै राख्नुपर्छ ।

कोरोना संक्रमण सर्न नदिन सुरक्षाका उपायहरू जतिपति छन् त्यो सबैलाई व्यवहारमा निरन्तर लागू गर्नुपर्छ ।

अत्यावश्यक सेवा लिन जाने व्यक्तिहरूले पनि अस्पतालमा सामाजिक दूरी कायम गरी मास्क प्रयोग गर्ने गर्नुपर्छ । कोरोनाबाट बच्न आफुले सिकेका कुराहरूलाई व्यवहारमा उतारेर आफु जिम्मेवार बन्नुपर्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ३५ बजे

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र