नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति जना ? | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति जना ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमितमध्ये ७९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ३१ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

नेपालमा कोरोना संक्रमित कुन उमेर समूहका कति ?

नेपालमा संक्रमण पुष्टि भएका १ सय १० जना कोरोना संक्रमित शिशु देखि वृद्धवृद्धासम्म रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार कोरोना संक्रमितहरुमा जन्मेदेखि १४ वर्षका बालबालिकाहरु १२ जना रहेका छन् । ती मध्ये ८ जना बालक र ४जना बालिका रहेका छन् । 

यस्तै १५ देखि ३० वर्षका युवायुवतीहरु ३५ जना संक्रमित रहेका छन् । ती मध्ये ३० जना युवाहरु छन् भने ५ जना युवतीहरु छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्दा ३५ जना संक्रमितहरु ३१ देखि ४५ वर्ष उमेर समूहका छन् । 

ती मध्ये २५ जना पुरुष र १० जना महिला रहेका छन् । यस्तै ४६ देखि ६० वर्ष भित्रका १८ जना संक्रमित छन् ती मध्ये १० जना पुरुष र ८ जना महिला छन् ।

यस्तै ६० वर्ष भन्दा माथिका १० जना संक्रमित रहेका छन् ती मध्ये ५ जना वृद्ध पुरुष र ५ जना वृद्धा महिला संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८९ को पीसीआर परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय  ८९ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्यांकका अनुसार देशभरका १९ प्रयोगशालाहरु मध्ये १० वटा प्रयोगशालामा ५ सय ८९ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो । 

यस्तै ४ सय ११ वटा नमूनाको नजिता भने आउँन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म १६ हजार ८ सय ९८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरीएको छ ।

यस्तै कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका १ सय ६४ जना विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका छन् । यस्तै देशभरका क्वारेन्टाइनमा १३ हजार ६ सय २५ जना रहेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म आरडीटी विधिबाट  ५६ हजार ६ सय ५७ वटा नमूना परीक्षण गरीएको छ । तर, स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षणको नतिजा सार्वजनिक गरेको छैन ।

आरडीटी विधिबाट परीक्षण गरिएकाहरुको पुन पीसीआर विधिबाट कोरोना पोजेटिभ देखिएमा मात्र त्यसलाई संक्रमितको रुपमा लिने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : १८ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ