अफगानिस्तानमा राहत बाँड्ने क्रममा झडप, सातकाे मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा राहत बाँड्ने क्रममा झडप, सातकाे मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए। तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताए ।

प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए । प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे ।

मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ३३ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि