आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ | Khabarhub Khabarhub

आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ घर भएका २३ वर्षीय सन्तराम चौधरी छन् ।

प्रहरीका अनुसार उनले कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर घर भएकी १९ वर्षीया लक्ष्मी देउवाको फेसबूक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाएका थिए ।

चौधरीले फेसबूकबाट अश्लिल भिडियो पठाएपछि लक्ष्मी आत्महत्या गर्न बाध्य भएकी थिइन् । लक्ष्मीको शव कैलालीको धनगढी उपमहानरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले लक्ष्मीले आत्महत्या गरेको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ । जसमा लक्ष्मी देउवाको नाममा फेसबूक बनाइ उनको अनुहार जोडिएका अश्लिल फोटो तथा भिडियोहरु फेला परेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २० बजे

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ