रुसमा कोरोना भाइरसले एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

रुसमा कोरोना भाइरसले एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा एक सातादेखि दैनिक १० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार पनि १० हजार ८१७ जना संक्रमित भएपछि रूसमा एक हप्तामा कोरोना भाइरसले संक्रमित हुनेको संख्या ७५ हजार पुगेको छ ।

रुसमा शुक्रबार १० हजार ६९९ जना र बिहिबार ११ हजार २३१ जना संक्रमित भएका थिए । त्यसअघि पनि दैनिक १० हजारभन्दा बढी संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ९८ हजार ६७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०४ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ८२७ पुगेको छ ।

संक्रमितमध्ये ३१ हजार ९१६ जना निको भएर घर फर्किएका छन् भने १ लाख ६४ हजार ९३३ जनाको उपचार जारी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ४१ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका